Posts

Showing posts from May 23, 2021

घोडाघोडी क्षेत्र

Image
प्रसिद्ध घोडाघोडी ताल कैलाली जिल्लाको रामशिखर झाला गा.वि.स.मा पर्दछ । १३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल नेपालको प्रसिद्ध रामसार क्षेत्रका रूपमा परिचित छ । यस क्षेत्रमा ४५० प्रजातिका वनस्पति र २९ प्रजातिका माछा पाइन्छन् । यो ताल घोडाको आकारको देखिन्छ । यो ताल ९ वटा तालहरूको समूह हो, जसमा १९ वटा कुना छन् । घोडाघोडी ताल प्राकृतिक र जैविक विविधता तथा पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण छ । यो क्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिले पनि उल्लेखनीय छ । स्थानीय जनमानसमा प्रचलित एउटा किंवदन्ती अनुसार, परापूर्वकालमा शिव र पार्वती घोडा र घोडीमा चढेर यहाँ घुम्न आएका थिए । यसै क्रममा उनीहरू चढेका घोडा र घोडी यहाँ मरेका हुनाले ताल क्षेत्रलाई घोडाघोडी भनिएको हो । अर्को किंवदन्ती अनुसार, शिव र पार्वती घोडा र घोडीको रूप धारण गरी यहाँ घुम्न आएकाले तालको नाम घोडाघोडी रहन गएको हो । त्यही मान्यता अनुसार यहाँ घोडाघोडी महादेवी मन्दिर पनि छ । यो क्षेत्र परापूर्वकालमा गाउँ रहेको जनविश्वास पनि छ । एक जना थारूले गाउँ पानीमा डुब्ने सपना देखे । त्यही अनुसार गाउँ डुबी घोडाघोडी ताल बनेको विवरण पाइन्छ । यस स्था