घोडाघोडी क्षेत्र

प्रसिद्ध घोडाघोडी ताल कैलाली जिल्लाको रामशिखर झाला गा.वि.स.मा पर्दछ । १३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल नेपालको प्रसिद्ध रामसार क्षेत्रका रूपमा परिचित छ । यस क्षेत्रमा ४५० प्रजातिका वनस्पति र २९ प्रजातिका माछा पाइन्छन् । यो ताल घोडाको आकारको देखिन्छ । यो ताल ९ वटा तालहरूको समूह हो, जसमा १९ वटा कुना छन् । घोडाघोडी ताल प्राकृतिक र जैविक विविधता तथा पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण छ । यो क्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिले पनि उल्लेखनीय छ । स्थानीय जनमानसमा प्रचलित एउटा किंवदन्ती अनुसार, परापूर्वकालमा शिव र पार्वती घोडा र घोडीमा चढेर यहाँ घुम्न आएका थिए । यसै क्रममा उनीहरू चढेका घोडा र घोडी यहाँ मरेका हुनाले ताल क्षेत्रलाई घोडाघोडी भनिएको हो । अर्को किंवदन्ती अनुसार, शिव र पार्वती घोडा र घोडीको रूप धारण गरी यहाँ घुम्न आएकाले तालको नाम घोडाघोडी रहन गएको हो । त्यही मान्यता अनुसार यहाँ घोडाघोडी महादेवी मन्दिर पनि छ ।



यो क्षेत्र परापूर्वकालमा गाउँ रहेको जनविश्वास पनि छ । एक जना थारूले गाउँ पानीमा डुब्ने सपना देखे । त्यही अनुसार गाउँ डुबी घोडाघोडी ताल बनेको विवरण पाइन्छ । यस स्थानमा बेलाबेलामा माटाका घोडा र घोडी देखिने विश्वास पनि जनमानसमा छ । घोडाघोडी ताल क्षेत्रमा वि.सं. २०६० सालमा मोहन्याल बाबाको मन्दिर निर्माण गरी भूमि देवताको पूजाआजा गरिएको थियो । यस क्षेत्रमा सीताकुण्ड नामक पवित्र स्थल छ । यसैबाट घोडाघोडी क्षेत्रमा पानी जमेर सिमसार बनेको विवरण पाइन्छ । घोडाघोडी ताल क्षेत्रमा केही देवीदेवताका मठमन्दिर पनि छन् । यहाँ माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ ।

ताल तालको वरपरका मानिसहरूका लागि अभिन्न अंग भएको छ। वरपरको क्षेत्र अत्यधिक उत्पादक भएकोले यसले खेतीपाती र चराउने पशुहरूका लागि राम्रो अवसर प्रदान गर्दछ। त्यो मात्र होईन, तर तालले मानिसहरूलाई चारा, ईन्धन काठ, पर्यटन बढाउने मौका र माछा मार्ने उत्तम ठाउँ सहितको सेवा पनि दिन्छ। घोडाघोडी तालले यस क्षेत्रको माइक्रोक्लीमैटेट कायम राख्न र महत्त्वपूर्ण बाढी न्यूनीकरण र भूजल पुनःपूर्ति गर्न सहयोग पुर्‍याएको छ।

Comments

Popular Posts

GHODAGHODI LAKE

घोडाघोडी ताल

Beauty of Ghodaghodi_Area

GHODAGHODI LAKE AREA AS AN IMPORTANT BIRD AREA

GHODAGHODI LAKE' View Tower